May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

मुक्का प्रहार गर्ने फारुक आजीवन प्रतिबन्धमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १२:४८
मुक्का प्रहार गर्ने फारुक आजीवन प्रतिबन्धमा
  • रेफ्रीमाथि मुक्का प्रहार गर्ने अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध
  • मुक्का प्रहार गरेपछि रेफ्री हालि उमल मेलेर मैदानमै लडे
  • सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द

काठमाडौं ।।

रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै प्रवेश गरेर रेफ्रीमाथि मुक्का प्रहार गरेका थिए । खेलको ९७औँ मिनेटमा रिजेसपोरले बराबरी गोल फर्काएसँगै फिफा रेफ्री हालि उमल मेलेरले अन्तिम ह्विसिल बजाएका थिए । त्यसपछि मैदानमा प्रवेश गरेर कोकाले मुक्का प्रहार गर्दा रेफ्री हालि उमल मेलेर मैदानमै लडेका थिए । अध्यक्ष कोकालाई २० लाख लिरा (५४ हजार पाउन्ड) जरिबाना समेत गरिएको छ ।

यस्तै, अन्कारागुकुले अबका पाँच खेल घरेलु मैदानमा समर्थकबिना नै खेल्नुपर्नेछ । रेफ्रीमाथिको आक्रमणपछि टर्कीस लिगका सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । तर, शुक्रबार टर्कीको फुटबल संघले लिग आगामी मंगलबारदेखि सुरु हुने भएको छ । कोकाको प्रहारबाट मैदानमा लडेका मेलेरलाई अन्य केही समर्थकले समेत प्रहार गरेका थिए । ३७ वर्षीय मेलेर टर्कीका शीर्ष रेफ्रीमध्येका एक हुन् र उनीसँग फिफा रेफ्री ब्याच छ । उनी यूईएफए इलाइट रेफ्रीको सूचीमा समेत छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।