July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १३:५७
कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता
  • आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता
  • खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि समय नै दिइयो 
  • बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी

विराटनगर ।।

कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेकाे छ । अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीकाे प्रस्ताव दर्ता गरेका हुन् ।

सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल भएको थियो ।

छलफलपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि बुधबार विहान ११ बजेसम्मका लागि समय दिइएको थियो । साे समयमा आठवटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । बुधबार दिउँसो १ बजेपछि प्रदेशसभा बैठक बस्दैछ । बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्