April 16, 2024 | मङ्लबार, बैशाख ४, २०८१
सुचनाहरु
किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो डाँगीलाई सहिद घोषणा गर : राप्रपा नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त बढ्यो सुनको मूल्य काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान विद्यार्थी भर्ना अभियान सुरु, कक्षा १ मा छ लाख भर्ना गरिने वैदेशिक रोजगारी एक वर्ष : सात लाखभन्दा बढीले श्रम स्वीकृति लिए गएको ५ वर्षमा यूएईमा १,७६६ नेपालीको मृत्यु एसीसी प्रिमियरकप : जारी खेलमा हङकङसँग तेस्रो जितको खोजिमा नेपाल सन्दीप लामिछानेले दिएको पुनरावेदनमा आजदेखि सुनुवाइ बाबुरामलाई छाडे विश्वदिपले, माओवादीमा फर्किए एमाले संसदीय दलको बैठक आज “सम्झनामा दुधाली मेला” स्वदेशमै अत्यावश्यक औषधि उत्पादनको प्रक्रियाअघि बढाइएको छ : स्वास्थ्यमन्त्री यादव

आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १५:0४
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

स्याङ्जा । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु भएको आगलागी गाउँमा पुगेपछि घर र गोठ जलेको हो ।

आगलागी पश्चात् पुतली बजार नगरपालिको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिकको प्रयासमा चार घण्टामा नियन्त्रणमा आएको थियो ।

जङ्गलको बीचमा रहेका घरहरू अर्घाउदीमा दमकल सहितको सेना, सशस्त्रसहितको टोलीले गाउँ नै सखाप हुनबाट जोगाएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।

आगलागीबाट मानवीय क्षति भने नभएको तर घरमा रहेको अन्न, लत्ताकपडा र भाडाँहरु जलेर नष्ट भएको अध्यक्ष पौडेलको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।