sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सप्तरीको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको लागी प्रदर्शन

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १३:0२
सप्तरीको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको लागी प्रदर्शन
  • प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित
  • दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शन
  • शिलान्यास भएको भनव निर्माण रोकियो 

जनकपुरधाम।।

सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् । दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छाडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै उनीहरु बिगत ६ दिनदेखि आन्दोलनमा छन् । उनीहरु दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शनसंगै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बस्दै आएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना बसेका उनीहरु आज दिउँसो १२ बजेदेखि २ बजेसम्म दुईघण्टा धर्ना बसिरहेका छन् । प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै युवाहरुले आन्दोलनको घोषणा गरेका थिए । सोमबार राजविराजमा जुलुस प्रदर्शन, मंगलबार सिटी जुलुस, बुधबार चर्टबालेर सांसद तथा नेताको खोजीसहित प्रदर्शन गरेका थिए । शनिबार १० हजार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत पठाउने कार्यक्रम रहेको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादवले जानकारी दिए । माग पूरा नभएसम्म संघर्ष जारी रहने उनले बताए ।

एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार ०७५ साल पुस १६ गते मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २८ जेठ २०७८ मा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका–१० बिरौलस्थित रहेको ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । २२ असार २०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मार्फत प्रतिष्ठानको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए । त्यस यता भनव निर्माण अघि बढ्न सकेको छैन ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid