काठमाडौं ।।
जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोकेको छ । पार्टी अध्यक्ष सीके राउतले जारी गरेको सूचनाअनुसार मंसिर १५ देखि माघ १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने उल्लेख छ । माघ १५ देखि फागुन १५ गतेसम्ममा पालिका अधिवेशन, चैत्र ३ गते जिल्ला अधिवेशन हुनेछ । त्यस्तै, ०८१ वैशाख २४-३० गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।