April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

एनसेल प्रकरणमा विद्यार्थी संगठनहरूको विरोध

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १२:१६
एनसेल प्रकरणमा विद्यार्थी संगठनहरूको विरोध
  • चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध
  • एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन
  • एनसेलको शेयर खरिदबिक्री सम्बन्धी कारबाही गर्न सरकारसँग माग

काठमाडौं ।।

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले मंगलवार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

एनसेलको ८० प्रतिशत शेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट लिमिटेडले खरिद गरेको थियो । त्यसमा कर छलीको आंशकामा विभिन्न टिकाटिप्पणी हुँदै आएको छ । यसैगरी सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणको विरोध गरेका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी अध्यक्ष आरती लामा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले जारी गरेको संयुक्त विज्ञप्तिमा एनसेलका पछिल्ला गतिविधिमाथि अनुसन्धान र कारबाही गर्न सरकारसँग माग समेत गरिएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।