May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर

सगरमाथामा मलमूत्र छाड्न नपाइने

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० 0७:0८
सगरमाथामा मलमूत्र छाड्न नपाइने

काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए ।

उनले भने, “आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न विभागले कार्यविधि बनाइरहेको छ ।”

आरोहीले आधार शिविरमाथि विसर्जन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन । त्यसले एकातर्फ हिमालललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएको समयमा यस्ता किसिमका फोहोरबाट हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेट्न लागेको उनले बताए। सर्वोच्च शिखरलाई सफा राख्ने प्रयास स्वरूप यो कदम चालिएको बताउँदै उनले आगामी याममा नेपाली सेनाले हिलारी स्टेप, ल्होत्सेलगायतका क्षेत्रमा रहेका पाँच वटा मानव शव र फोहोर सङ्कलन गर्ने जानकारी दिए।

सगरमाथा क्षेत्रको सरसफाइमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले समेत काम गरिरहे पनि सफाइका लागि पुग्न नसकिने र आरोहीले बोकेर ल्याउँदा जोखिम रहेको क्याम्प फोर भनिने साउथ कोल क्षेत्रमा मानव मलको समस्या देखिएको उनको भनाइ छ ।

समुद्री सतहभन्दा सात हजार ९०६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो । उक्त क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र विसर्जन गर्दै आएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आगामी सिजनबाटै सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीलाई दिसा बोक्ने झोला दिएर पठाइने जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० 0७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।