May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

कोशीका तत्कालिन प्रमुखसहित ५ जना कागार चलान

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १७:0१
कोशीका तत्कालिन प्रमुखसहित ५ जना कागार चलान
  • यातायातका प्रमुखसहित ५ जना कारागार चलान
  • जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझायो 
  • विशेष अदालत काठमाडौँद्वारा दोषी ठहर

विराटनगर ।।

यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो ।

मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरुविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

दुई वटा मुद्दामा प्रतिवादी बनाइएका उपसचिव रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना दोषी ठहर भएका थिए । तत्कालिन कार्यालय प्रमुख नयराज नेपाललाई ८ वर्ष कैद र १२ करोड, ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना, लेखापाल मणिराज दाहाललाई ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड, ३४ लाख ५ हजार ५९४ जरिवाना भएको थियो ।

त्यस्तै कर्मचारी कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र १ करोड, १ लाख ६५ हजार ८१२ जरिवाना, टीकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ जरिवाना र देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो । पक्राउ परेका पाँच जना फरार प्रतिवादीबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ जरिवाना असुल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०६९–०७० र ०७०–०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा तत्कालिन उपसचिव भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो ।

लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल र लेखापाल टंकबहादुर खड्कालाई आठ– आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । कायम गरेको थियो ।

सोही कार्यालयको राजस्व हिनामिनाको अर्को मुद्दामा उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो ।

तीन जनाको हकमा विगो भन्दा दोब्बर जरिवानाको फैसला भएको थियो । लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना तोकेको थियो । लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवानाको फैसला भएको थियो ।

राजस्व हिनामिना प्रकरणका मुख्य नाइके लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट