May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो

अध्यक्ष नेम्वाङको निधनले राजनीतिमा ठूलो क्षति भयो : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० ११:४0
अध्यक्ष नेम्वाङको निधनले राजनीतिमा ठूलो क्षति भयो :  गृहमन्त्री श्रेष्ठ
  • संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन
  • नेपाली राजनीतिमा ठूलो क्षति
  • मिटरब्याजीसम्बन्धी विधेयक पारित गरेर कानुन बनाउने भूमिका उहाँको थियो : गृहमन्त्री

काठमाडौं ।।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो ।

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई स्मरण गरिरहने छ ।’ नेम्वाङको निधन नेपालको राजनीति र समाजका निम्ति अत्यन्त ठूलो क्षति भएको उनले बताए ।

नेम्वाङ संविधानसभाबाट संविधान घोषणाका कुशल नेता मात्र नभएर संसदीय अध्यासमा सिद्धहस्त नेता पनि भएको श्रेष्ठले बताए । ‘कुनै जटिलता आए खोजी गर्ने र निकास दिने गर्नुहुन्थ्यो,’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘पछिल्लो पटक जब मिटरब्याजीसम्बन्धी विधेयक जटिल अवस्थामा पुगेको थियो । त्यसलाई संसदबाट पारित गरेर कानुन बनाउने दिशामा निर्णायक भूमिका खेल्ने काम उहाँबाट नै भएको थियो ।’

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।