May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

इमान र लाज नभएको सरकार हो यो : ओली

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:१८
इमान र लाज नभएको सरकार हो यो  : ओली
  • वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लाग्दै
  • वर्तमान सरकारलाई लज्जाबोध केहि छैन 
  • अहिलेको सरकार असफल सरकार भएको जिकिर

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् । मेची- महाकाली अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताएका हुन् । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनु पर्ने ओलीको भनाइ छ । उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए । ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

“अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,” एमाले अध्यक्ष ओलीले भने, “सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ अचम्म लाग्दो छ ।”  राजनीतिक अस्थिरता र अराजकता बढेको भन्दै उनले  जनतामा निराशा र अन्योल बढेको बताए । ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको ओलीको आरोप छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।