May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दलितभएकै कारण वृद्धाश्रमले पनि बस्न नदिएपछि……

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० ११:१९
दलितभएकै कारण वृद्धाश्रमले पनि बस्न नदिएपछि……
  • दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप
  • विराटनगरको एक वृदाश्रममा दलितलाई बस्ने ठाउँ भएन 
  • आश्रमले नराखेपछि अर्काको घरमा आश्रय लिंदै 

विराटनगर ।।

विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका सन्तान छैनन् । आफन्त पनि छैनन् । अर्काको घरमा बस्दै आएकी उनले वृद्धा आश्रममा बस्न चाहेपछि उर्लाबारी नगरपालिका–१ की वडा सदस्य टीका भुजेलले विराटनगरको जागृति वृद्धश्रममा बस्नका लागि वडाबाट सिफारिस पत्र बनाइदिएकी थिइन् । तर थर सोधेर आश्रमले शोभालाई फर्काएको वडा सदस्य भुजेलले बताइन् ।

‘उहाँको कोही छैन, असहाय मान्छे हो,’ भुजेलले भनिन्, ‘आश्रममा के थरी भनेर सोध्दा उहाँले दमाई भन्नुभयो, त्यसपछि यस्तो जातको त हामीले राख्ने गरेको छैन भन्नुभयो ।’ उर्लाबारी नगरपालिका–३ ले शोभा सुन्दासलाई यही मंसिर १४ गते सिफारिस पत्र बनाइदिएको थियो । सोही सिफारिस पत्र बोकेर उनी १५ गते आश्रम गएकी थिइन् । तर आश्रमका सञ्चालकले ‘दलित रहेछौ’ भन्दै बस्न नदिएपछि उनी उर्लाबारी–७ मा अर्काको घरमा बस्दै आएको वडा सदस्य भुजेलको भनाइ छ ।

सहारा खोज्दै आश्रम पुगेकी शोभा आश्रमबाटै अपहेलित भएको भन्दै दलित अधिकारकर्मीको सहयोगमा प्रहरी कार्यालय पुगेकी थिइन् । उनले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएकी छन् । वडा सदस्य भुजेलले जातकै कारण शोभालाई आश्रममा बस्न नदिइएको दाबी गरिन् । ‘२१ औं शताब्दीमा जातीय विभेदले गर्दा आश्रममा बस्न नपाउने दुःखलाग्दो घटना भयो,’ उनले भनिन्, ‘आश्रमले नराखेपछि उहाँ अहिले उर्लाबारी–७ मा अर्काको घरमा हुनुहुन्छ ।’

दलित अधिकारकर्मी उमेश विश्वकर्माले पनि जातका आधारमा वृद्ध महिलामाथि विभेद भएको बताए । ‘वडाको सिफारिस पत्र लिएर आएकी महिलालाई दलित रहेछौ, दलित राख्ने गरेको छैन भन्दै फर्काए,’ दलित अधिकारकर्मी विश्वकर्माले भने, ‘जातका आधारमा विभेद गरेपछि महिलाले जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिनु भएको छ ।’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले आश्रमले बस्न नदिएको जाहेरी परेपछि बुझ्ने काम भइरहेको बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट