sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनसेल प्रकरणमा राम्रै साँठगाँठको चलखेल छ : गगन थापा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १३:२0
एनसेल प्रकरणमा राम्रै साँठगाँठको चलखेल छ : गगन थापा
  • विधेयकमा अपेक्षित काम हुन सकेको छैन 
  • समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड
  • कसैले ढाकछोप गर्न खोजे पनि निष्पक्ष काम गर्नुपर्छ 

काठमाडौं ।।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए । “मैले पहिलो बैठकमा समिति बैठकको नियमितता खोज्न समसामयिक विषयमा महिनाको एउटा बार छुट्याउँ भनेको थिएँ,” गगनले भने, “तर त्यसो हुन सकेन । अब त्यसै गरौँ । विधेयक बढेर आउँदा लगातार एक हप्ता विधेयकमा काम गरौँ । अनि मात्रै विधेयकको काम समयमा सम्पन्न हुन्छ ।”

सेना प्रमुख हुने बेलामा उमेरलाई लिएर पटक-पटक प्रश्न उठ्ने गरेको भन्दै गगनले यस विषयमा उपसमिति बनाएर सधैँका लागि यो समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड दिए । “एनसेल प्रकरणमा म दाबी गर्छु यो रातारात भएको हैन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ र भरथेग नभइ यो भएको छैन,” उनले भने, “यो सार्वजनिक भएपछि लेखा र अर्थ समितिमा छलफल भएको छ । यो हाम्रो समितिमा पनि पर्छ भन्ने आधार छ । सरकारले नै मन्त्रालय हैन समिति बनाएर हेर्छु भनेपछि त्यसमा मूल्यांकन र हेर्ने काम हाम्रो समितिमा आयो ।” जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्नेमा उनले बताए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid