April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

राजेन्द्र महतोद्वारा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति दुख व्यक्त

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १६:३१
राजेन्द्र महतोद्वारा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति दुख व्यक्त
  • अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी 
  • आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायरको फैसलाप्रति दुख व्यक्त 
  • अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने

काठमाडौं ।।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।

महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएर अरुलाई जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धेकेल्ने काम गरेको पनि महतोले उल्लेख गरेका छन् । उनले मधेश आन्दोलनका बेला उठाएको एजेण्डा ज्यूका त्यू रहेकाले फेरि आन्दोलनमा उत्रन समेत आग्रह गरेका छन् ।

महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रह समेत गरेका छन् । ‘..सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ’, वक्तव्यमा उल्लेख छ । अधिकार र पहिचानको लागि भएको आन्दोलनलाई दबाउन राज्यबाट प्रपञ्च भइरहेकाले मधेशी मोर्चा र थरुहटका सबैलाई संयुक्त आन्दोलनका निम्ति महतोले आग्रह गरेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।