काठमाडौं ।।
पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । “पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न चाहन्छु,”
परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी दिए । पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको उनले बताए । धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको उनले सुनाए ।