May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

पूर्वराष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:0३
पूर्वराष्ट्रपतिद्वारा दीपावलीको शुभकामना
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महान् चाड तिहारको शुभकामना
  • देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउन अनुरोध 
  • सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना

काठमाडौं।।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । तिहारको अवसरमा शुभकामना दिँदै उनले तिहारले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धिसँगै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन् । ‘नेपालीहरूको एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको तिहार पर्वको अवसरमा काग, कुकुर, गाई र गोरु लगायत पशुपंक्षीको पूजा गरिनुका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चनाका साथै दीपावली गर्ने तथा दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीका एवं सयपत्री र मखमली फूलको माला लगाई पूजा गर्ने परम्परा रहेको छ । यसरी तिहार पर्वले प्रकृति, मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।’

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘तिहारको अवसरमा टोल छिमेकका घरघरमा गएर देउसी भैलो खेल्ने, देउसे र भैलेनी टोलीलाई गच्छेअनुसारको दक्षिणा दिने र त्यसबापत टोलीद्वारा घरबेटीलाई सुख, शान्ति र समृद्धिको लागि शुभ आशिष् दिने अत्यन्त मौलिक र सुन्दर परम्परा समेत रहेको छ । देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल अभ्यासलाई हामीले जोगाउनु पर्दछ भने तिहारलाई जुवा तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले हटाउँदै जानु पर्दछ ।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गरेकी छन् । ‘पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौं । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।