May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

विकासको काममा सरकारको ध्यान नै छैन : ओली

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १५:0२
विकासको काममा सरकारको ध्यान नै छैन : ओली
  • सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप
  • विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु
  • विमान उडाउन सरकार डराइरहेको टिप्पणी

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरेको बताए । टोखा-छहरे सुरुङमार्गसहित रेलमार्गका विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु गरे पनि अहिले विलम्ब भएको उनले उल्लेख गरे ।

एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वाभाविक भएको उनको भनाइ थियो । उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि विमान उडाउन सरकार डराइरहेको टिप्पणी उनले गरे । ओलीले नेपालको हितका निम्ति छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।