April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १६:५0
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने
  • सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक
  • विद्यालयमा जंकफुड निषेधगरी पोषिलो खाजा खुवाउने
  • ८ हजार २८ विद्यार्थीलाई ६ दिनमा फरक फरक खाजा खुवाउने

विराटनगर ।।

इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गरेको छ । बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका मेयर हेकर्ण पौडेलले विद्यालय खुल्ने ६ दिन फरक फरक खाजा खुवाउने र एक दिन मासु पनि समावेश गरेको बताए ।

आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले दिवा खाजाको सुरुवात गरे । सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बाल कक्षादेखि ६ कक्षासम्मका लागि विद्यालयमै पोषिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ ।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामूदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान दिएको छ । उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी ५ करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई दिवा खाजाको ठेक्का दिएको छ । दिवा खाजा कार्यक्रममा इटहरी उपमहानगरपालिकाका ८ हजार २८ विद्यार्थी सहभागी छन् ।

 खाजा 

आइतबार : तीन किसिमका फलफूल, २१० ग्राम
सोमबार : अण्डा र चिउरा
मङ्गलबार : मिसाइएको गेडागुडीको तरकारी र चिउरा
बुधबार : चामलको खीर र तरकारी
बिहीबार: दही, चिउरा र तरकारी
शुक्रबार: खसी वा कुखुराको मासु र चिउरा, (शाकाहारीका लागि मटर पनिर)

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।