May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राखेको छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:२९
गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राखेको छ : प्रधानमन्त्री
  • प्रधानमन्त्रीद्वारा महान् पर्व शुभ दीपावलीको शुभकामना व्यक्त 
  • राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न महत्वपूर्ण भूमिका रहने
  • पर्वहरूले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकतामा बाँध्ने 

काठमाडौं।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठूलो आधार प्रदान गरेको बताएका छन् । नेपालीहरूको महान् पर्व शुभ दीपावलीको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न निकै ठूलो आधार प्रदान गरेको बताएका हुन् । परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्रीको विश्वास छ ।

प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको उनले उल्लेख गरेका छन् । विविधतायुक्त संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत भएका प्रधानमन्त्रीको भनाइ छ ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।