May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

लाखौँ विद्यार्थीको भविष्य त्रिविले धराशायी बनायो : प्रदीप पौडेल

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:२0
लाखौँ विद्यार्थीको भविष्य त्रिविले धराशायी बनायो : प्रदीप पौडेल
  • विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध
  • त्रिभुवन विश्वविद्यालय धराशायी हुनबाट जोगाउन ‘प्रचण्ड’लाई आह्वान 
  • ठूलो अनियमितता र बेथिति मौलायो 

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेका हुन् ।उनले कुनै समय उच्च शिक्षाको सिंगो धरातल सम्हालेको देशकै पुरानो विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, “त्रिभुवन विश्वविद्यालयले विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गर्‍यो । लाखौँ लाख दक्ष जनशक्ति उत्पादन गर्‍यो । तर आज त्यति प्रतिष्ठित विश्वविद्यालय आफैँले बनाएको क्यालेन्डरमा समेत हिँड्न नसक्ने अवस्थामा पुगेको छ ।” शिक्षक र कर्मचारी नियुक्तिदेखि परीक्षा तालिकालगायत सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको बताएका छन् ।

“त्यसैले सरकारलाई मेरो आग्रह छ । लाखौँ विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस,” उनले लेखेका छन्, “आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रूपमा नियुक्ति गर्नुस् । नियुक्ति राजनीतिक आधारमा नभइ कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस् ।”

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट