sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लाखौँ विद्यार्थीको भविष्य त्रिविले धराशायी बनायो : प्रदीप पौडेल

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:२0
लाखौँ विद्यार्थीको भविष्य त्रिविले धराशायी बनायो : प्रदीप पौडेल
  • विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध
  • त्रिभुवन विश्वविद्यालय धराशायी हुनबाट जोगाउन ‘प्रचण्ड’लाई आह्वान 
  • ठूलो अनियमितता र बेथिति मौलायो 

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेका हुन् ।उनले कुनै समय उच्च शिक्षाको सिंगो धरातल सम्हालेको देशकै पुरानो विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, “त्रिभुवन विश्वविद्यालयले विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गर्‍यो । लाखौँ लाख दक्ष जनशक्ति उत्पादन गर्‍यो । तर आज त्यति प्रतिष्ठित विश्वविद्यालय आफैँले बनाएको क्यालेन्डरमा समेत हिँड्न नसक्ने अवस्थामा पुगेको छ ।” शिक्षक र कर्मचारी नियुक्तिदेखि परीक्षा तालिकालगायत सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको बताएका छन् ।

“त्यसैले सरकारलाई मेरो आग्रह छ । लाखौँ विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस,” उनले लेखेका छन्, “आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रूपमा नियुक्ति गर्नुस् । नियुक्ति राजनीतिक आधारमा नभइ कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस् ।”

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid