May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सामाजिक सञ्जालमार्फत ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १६:0४
सामाजिक सञ्जालमार्फत ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर भएका भीमसेन भट्ट छन् ।

काठमाडौँको तारकेश्वर नगरपालिकामा बस्दै आएका २४ वर्षीय भट्टले आफ्नै ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोप छ । रोजगारीको सिलसिलामा चिनजान भएकी प्रेमिकासँग मनमुटाब भएपछि आरोपीले नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो र भिडियो बनाएर पोस्ट गरेका हुन् ।

काठमाडौँमा बस्दा प्रेम सम्बन्धमा रहेकी ती महिला हाल जापानमा छिन् । जापान गएपछि उनीहरूको बिचमा मनमुटाब सुरु भएसँगै भीमसेनले अश्लील फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने र पीडितको आफन्तलाई ह्वाट्स एप मार्फत पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए । घटनाबारे पीडित महिलाको आफन्तले प्रहरीमा उजुरी गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।