sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजामा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको मागमा नेपालसहित १५३ राष्ट्रको साथ 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १४:२५
गाजामा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको मागमा नेपालसहित १५३ राष्ट्रको साथ 
  • युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग
  • आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रको साथ 
  • युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले गर्यो मतदान

काठमाडौं ।।

संयुक्त राष्ट्रसंघको महासभाले युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग गरेको छ । यसमा नेपालले समर्थन गरेको छ । राष्ट्रसंघको सुरक्षा परिषद्‍मा अमेरिकाले भिटो प्रयोग गर्दै युद्ध विरामको पक्षमा माहोल बन्न नदिए पनि मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन् । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३, विपक्षमा १० र तटस्थ २३ राष्ट्र बसेका थिए ।

गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको छ । नेपालका दुई ठूला छिमेकी भारत र चीनले पनि प्रस्तावको पक्षमा मतदान गरी गाजामा युद्धविराम गर्नुपर्ने सन्देश दिएका छन् । मंगलबार भएको मतदानमा अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो । राष्ट्रसंघको महासभामा हुने मतदान राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । तर यो बाध्यकारी भने हुँदैन । इजरायलले गाजामा आक्रमण रोकी युद्धविराम गर्न नमानिरहेका बेला राष्ट्रसंघको महासभाले विश्व समुदाय युद्धविराम र शान्तिको पक्षमा रहेको सन्देश दिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा गत साता भएको मतदानमा बहुमत सदस्यले युद्धविरामको प्रस्तावको पक्षमा मतादन गरेका थिए । तर अमेरिकाले भिटो प्रयोग गरी त्यसलाई असफल बनाएको थियो । सुरक्षा परिषद्‍मा १५ सदस्य हुन्छन्, जसमध्ये पाँच स्थायी सदस्य हुन्छन् । सुरक्षा परिषद्‍मा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन् । स्थायी सदस्यलाई भिटो प्रयोग गर्ने अधिकार हुन्छ । मंगलबार महासभामा युद्धविराम प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि राष्ट्रसंघका लागि प्यालेस्टाइन राजदूत रियाद मन्सुरले यसलाई ‘ऐतिहासिक’ बताएका छन् ।

इजरायल र हमासको युद्ध तेस्रो महिनामा प्रवेश गरेको छ । यसअवधिमा १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन् । “यो प्रस्तावले आह्वान गर्दैन, माग गर्दछ । हामी यो मागलाई इजरायलले पालना नगरेसम्म आराम गर्ने छैनौं,” प्यालेस्टाइनी राजदूत मन्सुरले भनेका छन् । अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासले अचानक इजरायलमा आक्रमण गरेपछि इजरायल–हमास युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा दश नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । एकजना नेपाली विद्यार्थी विपीन जोशीलाई अझै हमासले बन्धक बनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १४:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid