काठमाडौं ।।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकको मिति सारिएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठकको मिति सारिएको हो । बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनाएको छ ।
बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । त्यस्तै, सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।