May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएकोमा राजदूतविरुद्ध उजुरी

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:00
कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएकोमा राजदूतविरुद्ध उजुरी
  • क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले
  • कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाए
  • विदेशी कार्यक्रममा समेत आफैँ जाने र भत्ता खाने गरेको उनीमाथि आरोप

काठमाडौँ ।।

क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको छ। उनले त्यस्तो छात्रवृत्तिमा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएर पदीय दुरुपयोग गरेको उजुरीमा उल्लेख छ। त्यस्तै मासिक ६ लाख रूपैयाँ पाउने गरी छात्रवृत्तिमा पठाइएकी छोरीलाई दूतावासको सरकारी आवासगृहमा राखेर राज्यकोषमा भार पारेको दाबीसमेत उजुरीकर्ताले गरेका छन्। समितिमा परेका उजुरीहरूमा खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैँ जाने र भत्ता खाने गरेको आरोपसमेत पौड्यालमाथि लगाइएको छ।

परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो ।
सरकारको निर्णयपछि संसदीय सुनुवाइ समितिले उनका बारेमा उजुरीका आव्हान गरेको थियो। समितिकाअनुसार, परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै पौड्याललाई राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत लापरवाहीपूर्ण ढंगले राजदूत सिफारिस गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग पनि उजुरीमा गरिएको छ। पौड्याल मंसिर २० गते सेवाबाट अवकाश पाउँदै छन्।

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।