May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सुर्तीजन्य पदार्थ रोक्न नगरप्रहरी परिचालन गरिने

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:४0
सुर्तीजन्य पदार्थ रोक्न नगरप्रहरी परिचालन गरिने
  • सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने
  • सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने
  • तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी

काठमाडौं ।। 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ । महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको हो । महानगरले सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने र तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी दिएको छ ।

महानगरले‍ धूम्रपान पनि निषेध गरेको छ । अबदेखि सार्वजनिक स्थलको एक सय मिटर वरिपरि धूम्रपान बेच्न र सेवन गर्न प्रतिबन्ध लगाइएको छ । धूम्रपान गरेमा सार्वजनिकस्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ । सार्वजनिकस्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइए जफत गरी बन्द गरिने छ ।

यसका लागि काठमाडौं महानगरका चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना निरन्तर अनुगमनका लागि गरी पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ । त्यसपछि आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारीसमेत परिचालित हुने छन् ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट