April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

एकीकृत समाजवादीको सचिवालय बैठक आज

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १0:३८
एकीकृत समाजवादीको सचिवालय बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । बिहीबारबाट सुरु हुने बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीतर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने बताइएको छ । साथै बैठकमा इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनबारेमा समेत छलफल हुने छ ।

खतिवडाले बैठकमा देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले बैठकमा पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि प्रस्ताव पेस गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घ संस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उल्लेख गरे ।

खतिवडाले बैठकमा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने भन्दै बैठक आन्तरिक विवाद समाधानमा केन्द्रित हुने बताए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।