May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

संघीय संसदको भूमिकालाई सरोकारवालाले ध्यान दिनुपर्यो : सभामुख घिमिरे

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५0
संघीय संसदको भूमिकालाई सरोकारवालाले ध्यान दिनुपर्यो : सभामुख घिमिरे
  • संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने
  • प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने
  • राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने

काठमाडौं ।।

सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ मुख्य समस्या भनेको शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन, यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई  प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रुपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् ।’

उनले संसदको गरिमा कायम राख्दै संसदको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसदको सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरुलाई आफूले गम्भिरताका साथ लिएको बताए । ‘विश्वव्यापी रुपमै संसदको भूमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरुदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरु गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु ।’

उनले भने । उनले संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताए ।‘ संघीय संसदको सचिवालयलाई प्रभावकारी पार्नको लागि के-के गर्नुपर्छ ? विगतका अनुभवहरु लिँदै राम्रा कामहरु गर्नको लागि के-के गर्नुपर्छ ? त्यसमा क-कसको के-के दायित्व छ ? यो सबै कुराहरुमा हामी जिम्मेवारीका साथ अगाडि बढौँ ।’

उनले संसदलाई प्रभावकारी बनाउन सबैले आ-आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंगित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे । सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।