May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

कतारका प्रधानमन्त्रीद्वारा विपिन जोशी रिहा हुने पक्का : परराष्ट्रमन्त्री साउद

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:५0
कतारका प्रधानमन्त्रीद्वारा विपिन जोशी रिहा हुने पक्का : परराष्ट्रमन्त्री साउद
  • हमासले बन्धकबाट नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने
  • नेपाललाई आश्वस्त हुन कतारका प्रधानमन्त्रीद्वारा आग्रह
  • मृत्यु भएकाहरुको शव पनि नेपाल पठाउने 

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त रहेको भन्दै नेपाललाई पनि आश्वस्त हुन आग्रह गरेको बताए ।

‘विदेशी र गैरसैनिक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल कुराकानी गरिरहेको, मुक्त हुनेमा आश्वस्त रहेको र नेपाली बन्धक पनि मुक्त हुने कुरामा आश्वस्त रहनुस् भन्नुभएको छ’, शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन भएका थिए । इजरायली सेनाले उनी हाल हमासको कब्जामा रहेको बताएको छ । तर उनको रिहा भएको छैन ।

हमाससँग राम्रो सम्बन्ध रहेका आधारमा नेपालले कतारलाई विपिन जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेको थियो ।परराष्ट्रमन्त्री साउद कतार गएका बेला त्यहाँका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए । त्यस क्रममा उनले विपिन जोशी रिहाइमा सहयोग माग गरेका थिए । परराष्ट्रमन्त्री साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौंस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रुपमा राखेको बताए । नेपालले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन रुससँग आग्रह गरेको छ भने मृत्यु भएकाहरुको शव पठाउन पनि भनेको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट