May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुलमा लिफ्ट हाल्ने महानगरको योजनालाई सडक विभागले स्वीकृत दिएन

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:५६
पुलमा लिफ्ट हाल्ने महानगरको योजनालाई सडक विभागले स्वीकृत दिएन
  • नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना
  • ३ महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध
  • महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थाप्यो

 काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्‍यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा सो योजना अझै अगाडि बढ्न सकेको छैन  । महानगरले भदौ दोस्रो हप्तातिर विभागसँग नयाँ बानेश्वरमा रहेको आकाशे पुलमा लिफ्ट जडान गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि तीन महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध पुगेको महानगरको आरोप छ ।

महानगरको ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले सडक विभागको कारणले काम अगाडि बढाउन नसकिएको बताए । ‘सडक विभागसँग हामीले लिफ्ट जडानको लागि बारम्बार भनेका थियौं, तर विभागले आफ्नो संरचना भत्काउन नदिने अडान लिएपछि काम अगाडि बढ्न सकेको छैन’, श्रेष्ठले भने । महानगरका अनुसार करिब एक करोडको लगानीमा लिफ्ट जडान गरेर वृद्ध, अपाङ्‍गता भएका, गर्भवती महिला र भरिया लक्षित गरेर लिफ्ट जडानको योजना बनाइसकको छ ।

महानगरको योजना विभागका एक कर्मचारीका अनुसार दैनिक ५ सयभन्दा बढी लक्षित वर्गले प्रयोग गर्न सक्ने गरी आकाशे पुलको दुवैपट्टी लिफ्ट हाल्न लागिएको हो । बानेश्वरको आकाशे पुलमा लिफ्ट राखेर योजना पाइलटिङ गरेपछि महानगरका अन्य मुख्य चोकहरुमा पनि प्रणाली विस्तार गर्ने योजना महानगरको छ । तर, सुरुमै अवरोध झेल्नु परेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठको भनाइ छ । ‘हामीले यहीबाट सुरु गरेर अन्य स्थानमा विस्तार गर्ने योजना बनाएका थियौं, तर हुन सकेन । अब महानगर आफैंले बनाएको आकाशे पुलहरुमा अध्ययन गर्न थालेका छौं’, श्रेष्ठले भने, ‘महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थापेको छ ।’

तर, सडक विभागले लिफ्ट जडान योजना रोक्नेभन्दा पनि त्यसलाई सेवा बाहेक व्यावसायिक प्रयोजनका लागि बनाउन नदिने आफ्नो नीति रहेको बताएको छ । सडक विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक रामहरी पोखरेलले लिफ्ट मात्रै जडान गर्ने कुरामा कसैलाई पनि अस्वीकृत नगरेको बताए । ‘हामीले लिफ्ट जडान गर्न रोक्ने भनेका छैनौं । आकाशे पुलहरुमा लिफट् हाल्ने प्रस्ताव धेरै ठाउँबाट आइरहेको छ । ललितपुर महानगरपालिकाले पनि गरेको छ’, उनले भने, ‘तर हामीले लिफ्ट हाल्दा उक्त सेवा बाहेक अन्य संरचना बनाउन पाइँदैन भनेका हौं ।’

उनले प्रस्तावमा लिफ्ट सहितको सार्वजनिक शौचालाय, गार्ड रुम, सटर लगायत संरचना बनाउने भनेपछि विभाग सहमत हुन नसक्ने बताए । उनले काठमाडौंमा बानेश्वरको विषयमा लिफ्ट मात्रै राख्ने कुरामा सडक विभाग सकरात्मक रहेको समेत बताए । ‘ललितपुरको एकान्तकुनामा पनि पहिले त्यस्तै प्रस्ताव आएको थियो, हामीले स्वीकृति दिएका थिएनौं । अहिले लिफ्ट बाहेकका अन्य संरचना निर्माण गर्न नपाउने सर्तमा अनुमति दिइसकेका छौं’, पोखरेलले भने, ‘बानेश्वरको आकाशे पुलका विषयमा पनि महानगरसँग थप छलफल गर्न सकिन्छ ।’

तर, महानगरले सेवाका लागि मात्रै लिफ्ट जडान गर्ने प्रस्ताव गर्दा पनि विभागबाट अड्चन थाप्ने काम भएको आरोप लगाएको छ । ‘हामीले सडक विभागसँग छलफल गरेरै डीपीआर तयार पारिसकेका छौं, तयारी पनि पुरा छ । तर, सडक विभागले स्वीकृति दिएको छैन’, महानगरको सडक पूर्वाधार सम्बन्धी विभागका एक कर्मचारीले भन्छन्, ‘यहि कारणले मात्रै रोकिएको हो ।’ विभागले महानगरबाट आएको लिफ्ट बाहेक अन्य संरचना नबनाउने गरी आएको प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ । महानगर स्वीकृति दिन विभागले गरेको आनाकानीले काम नै ठप्प भएको आरोप लगाइरहेको छ ।

महानगरले आकाशे पुलमा लिफ्ट जडानको योजना चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा नै राखेर ल्याएको थियो । बजेटको बुँदा नम्बर १३२ मा महानगर प्रहरी बलमार्फत खर्च हुनेगरी पूर्वाधार विकास क्षेत्रअन्तर्गत बजेट विनियोजन भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च हुनेगरी यातायात सुरक्षा व्यवस्थापन कार्यक्रम अन्तर्गत ५ करोड विनियोजन गरेको थियो । महानगरले यो योजना ल्याएको पहिलोपटक होइन । आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि १२ करोड विनियोजन गरेको थियो । तर खर्च गर्न सकेको थिएन । यो पटक ल्याएको बजेट कार्यान्वयन गर्न महानगरपालिकाले गत भदौदेखि काम सुरु गरेपनि नतिजा भने देखिएको छैन ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट