April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १३:४७
पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

प्रहरीद्धारा पक्राउ परेका आफना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गदैं दमकमा आज पहिचानवादीहरुले यातायात ठप्प पारेका छन् ।पूर्वपश्चिम राजमार्गको दमकको मुख्य चौंकमा भेला भएका पहिचानवादीहरुले सडक अवरोध गरि प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका क्रममा प्रर्दशनकारीहरुले प्रहरीद्धारा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीसहितका सवै पहिचानवादीहरुलाई रिहाईको माग गदैं एक घण्टा लामो चक्काजाम गरिएको प्रदेश १ पुनः नामाङ्गकन संघर्ष समिति दमकका संयोजक देवेन्द्र चेम्जोङ्गले बताए । उनीहरुले दमक चौंकमा नारावाजी गरि विरोध रयाली निकालेको थियो ।

चक्काजामका कारण राजमार्गमा लामो तथा छोटो दुरीमा चल्ने सवारी साधानहरु ठप्प रहेको थियो ।

पाँच वन्दकर्ता रिहा

झापाको केर्खावाट प्रहरीद्धारा पक्राउ गरेका पाँच जना सवै रिहा भएका छन् ।रिहा हुनेमा ईलाम चुलाचुली गाउँपालिका १ का वडाअध्यक्ष ध्रुव लावतीसहित शिवसताक्षी नगरपालिका–७ का उदय सिंगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ , संघीय लिम्बुवान चुलाचुलीका अध्यक्ष नरेन्द्र लिम्बू र किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन राई रहेका छन् । वडाअध्यक्ष लावती आन्दोलनरत संघीय लोकतान्त्रिक मञ्च नेपालका कार्यकर्ता हुन् । पक्राउ परेका पहिचानवादीहरुको रिहाईको माग गदैं उनीहरुलाई शनिवार केर्खाबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो ।

पक्राउ परेका उनीहरुलाई साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।