May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै टुंग्याइदिनुपर्छ : प्रस्तावित न्यायाधीश

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १४:३९
संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै टुंग्याइदिनुपर्छ : प्रस्तावित न्यायाधीश
  • इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतले हेर्नुपर्छ 
  • मुद्दा उच्च अदालतबाटै टुंग्याउनुपर्छ 
  • धेरै मुद्दा आएका कारण सर्वोच्चमा बढी चाप

काठमाडौं ।।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै निरुपण हुनु उपयुक्त हुने बताएका छन् । आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले हाल सर्वोच्च अदलालतको संवैधानिक इजलासले हेर्दै आएको मुद्दा उच्च अदालतबाटै टुंग्याउनुपर्ने बताएका हुन् । मुलुक संघीयतामा गएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आआफैं कानुन निर्माण गरिरहेको र ती कानुन संविधानसँग बाझिएको वा नबाझिएको सर्वोच्च अदालतबाटै निरुपण हुनुपर्ने संवैधानिक बाध्यताले सर्वोच्चमा मुद्दा थुप्रिरहेको पौडेलको भनाइ छ ।

‘अहिले संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापिका छ, त्यहाँबाट बन्ने कानुन संविधानसँग बाझिएमा पनि मुद्दा सर्वोच्च अदालत आइपुग्छ, त्यसैले यो जुरिस्डिक्सन हाइकोर्ट (उच्च अदालत) लाई दिनुपर्छ । त्यसका लागि संविधान संशोधन गर्नुपर्छ’ उनले सांसदहरुलाई भने, ‘यो विषय यहाँहरुले नै गर्ने हो ।’ संघ, प्रदेश र स्थानीय तहले बनाएका कुनै कानुन संविधानसँग बाझिएमा त्यस्ता मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्ने व्यवस्था संविधानमा छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश सम्मिलत संवैधानिक इजलासले मात्र यस्ता मुद्दा निरुपण गर्न पाउँछन् । त्यसैले हिजोआज संवैधानिक इजलासमा धेरै मुद्दा विचाराधीन छन् ।

प्रस्तावित न्यायाधीश शर्माले केही दोहोर्याई  हेरि पाउने निवेदन पनि उच्च अदालतको तीन न्यायाधीशको इजलासले टुंग्याउन सकिने धारणा राखेका छन् । तल्ला तहको अदालतमै निरुपण हुन सक्ने मुद्दा आएका कारण सर्वोच्चमा बढी चाप भएको उनले बताए । ‘सर्वोच्च अदालतमा केस (मुद्दा) बढ्नुमा एउटा कारण के देखेँ भने ससाना मुद्दा पनि पुग्ने प्रवृत्ति देखियो । हाइकोर्टबाट इन्ड (अन्त्य) हुने मुद्दा पनि सर्वोच्चमा छ, त्यसैले क्षेत्राधिकार पुनसंरचना हुनुपर्छ’ प्रस्तावित न्यायाधीश पौडेलले भने ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?