May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

एउटै विद्यालयका १०० जनाको आँखा पाक्नाले सबै विद्यालय बन्द

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १६:३१
एउटै विद्यालयका १०० जनाको आँखा पाक्नाले सबै विद्यालय बन्द
  • संक्रमण तीव्र बनेपछि डेढसय बढी विद्यालय समस्यामा 
  • विद्यार्थी संक्रमित हुन थालेपछि विद्यालय बन्द
  • एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी
  • काठमाडौंमा भने यो रोग तीव्र रूपमा व्यापक 

काठमाडौं ।।

काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या भाइरल कन्जन्टी भाइटीस्को संक्रमण तीव्र बनेपछि डेढसय बढी विद्यालय बन्द गरिएको छ । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि सम्बन्धित पालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।

सोमबारसम्म १०० जना विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि काठमाडौंको टोखा नगरपालिका धापासीस्थित हेराल्ड इन्टरनेसनल मावि सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ ।

तीनवटा विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । तीमध्ये हेराल्डमा ठूलो संख्यामा संक्रमित देखिएको टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलालले जानकारी दिए ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, १४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको छ । ती विद्यालयमा ४० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको छ । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको महानगरले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साउन सोमबार र मंगलबारका लागि १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरेको छ ।विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाको खोकना क्षेत्रमा भाइरल कन्जन्टीभाइटीस् धेरै फैलिएको तर, विद्यालय बन्द गर्ने अवस्था भने नरहेको ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए ।

ललितपुरकै महालक्ष्मी नगरपालिकाको युनाइटेड स्कुलमा आइतबारदेखि बन्द छ । “झन्डै ५० जना विद्यार्थीमा संक्रमण देखियो भनेपछि आइतबारदेखि केही दिनका लागि विद्यालय बन्द गर्न भनेका हौँ” महालक्षमी नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले भने ।

एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमण उपत्यकाबाहिर घट्दै गएपनि काठमाडौंमा भने तीव्र रूपमा फैलिइरहेको छ । कीर्तिपुर आँखा अस्पतालमा दैनिक ६० देखि ७० जना आँखा पाक्ने बिरामी आइपुग्ने गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा गत जुलाइयता १ देखि १० अगस्टसम्म एक हजार ३९७ जनामा यो समस्या पहिचान भएको छ ।

विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ । आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ ।

त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको तिलंगगा आँखा प्रतिष्ठानकी नानीरोग विशेषज्ञ डा। वन्दना खनाल बताउँछिन् ।

भाइरल कन्जन्टीभाइटीस्को लक्षण देखिन चारदेखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि किनेर लगाउनु हुँदैन विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा र पटक-पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट