October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बुद्धको मावली देवदहमा उत्खनन सुरु

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:00
बुद्धको मावली देवदहमा उत्खनन सुरु

सिद्धार्थनगर । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो।

देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए। देवदहका स्थानीयसमेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियन्ताले दाबी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन महìवपूर्ण बन्न सक्ने बताउनुभयो।

उहाँले कोषले बौद्ध पुरातात्त्विक  क्षेत्रहरूको उत्खनन र संरक्षणमा पुरातत्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको जानकारी दिनुभयो। देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक  उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गम्भीर रूपमा उत्खननको काम गर्न थालेको उल्लेख गर्नुभयो। भट्टराईले भन्नुभयो, “देवदह कुन हो, त्यसका लागि पुरातात्त्विक  रूपमा पुष्टि हुन बाँकी छ । तर खयरडाँडा पुरातात्त्विक  स्थल रहेकोमा कुनै शङ्का छैन। त्यसैले त्यस क्षेत्रको उत्खनन गर्नु जरुरी छ।”

देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक  स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्त्विक  स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने उहाँको भनाइ छ। उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका नगर प्रमुख धु्रव खरेलले खयरडाँडा क्षेत्र नै कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र रहेको दाबी गर्नुभयो। उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टि रोहिणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफूहरूको विश्वास रहेको बताउनुभयो।

उहाँले लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन सुरु गरेर पुरातात्त्विक  स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पु-याउने बताउनुभयो। नगर प्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्त्विक  वस्तु र स्मारकहरूलाई नगरपालिकाले सङ्ग्रहालय बनाएर राख्ने प्रतिबद्धता जनाउनुभयो।

सात जनाको टोली उत्खननमा 

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोली उत्खननमा खटिएको छ। लामो समयदेखि स्थानीयको माग रहे पनि विविध कारणले हुन नसकेको उत्खनन यो पटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताउनुभयो।

स्थानीयको दाबी अनुसार खयरडाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र हो। पुरातात्त्विक  रूपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरू जुटाउने अपेक्षा गरिएको छ।

बुधबारदेखि सुरु भएको उत्खनन असार १५ सम्म चल्ने छ। यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो। कोषले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम  अनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ देखि जेठ ३ सम्म उत्खनन गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्