April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

संघीयताको पक्षमा बोल्न प्रधानमन्त्रीद्वारा सबैलाई आग्रह

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १२:0२
संघीयताको पक्षमा बोल्न प्रधानमन्त्रीद्वारा सबैलाई आग्रह
  • जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह
  • ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस
  • संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो व्यक्त 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए ।

‘संघीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गर्नहुन्न । ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं ?’ प्रचण्डले प्रश्न गरेका थिए ।

स्थानीय तहको जनप्रतिनिधिले संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो समेत गरे । प्रचण्डले गणतन्त्र विरोधीहरुले नकारात्मक भास्य बनाएर सम्पूर्ण सविधान र परिवर्तनलाई निस्तेज गर्ने कसरत गरिरहेको भन्दै परिवर्तनका बाहकहरुले बोल्नुपर्ने बताए । आफू एक वर्षको समीक्षा पछि फरक ढंगले काम गर्ने भन्दै संघीयता बलियो बनाउन निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन ल्याउने समेत बताए ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट