April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मेलम्चीको पानी माग्दै प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १४:३८
मेलम्चीको पानी माग्दै प्रदर्शन
  • पानी ल्याएर काठमाडौंमा वितरण गर्नु पर्ने
  • रित्ता गाग्री बोकेर नै प्रदर्शनमा सहभागी
  • सरकारले पानी ल्याउन पहल नगरेको आरोप

काठमाडौं ।।

मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नु पर्ने माग गर्दै उपत्यका संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर प्रदर्शन गर्दै आएका छन् । उपभोक्ताहरु रित्ता गाग्री बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए ।

मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको गर्ने संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले जानकारी दिए । संघर्ष समितिले आफूहरुले पटक पटक मुहान क्षेत्रको निरीक्षण गरेको दाबी गर्दै त्यहाँ कुनै समस्या नभए पनि सरकारले पानी ल्याउन पहल नगरेको आरोप लगाएको छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन । जसले गर्दा काठमाडौंमा उपभोक्ताहरु पिउने पानीको समस्यामा छन् ।

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।