May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

नेपालमा मोबाइल डाटाबाट नै इन्टरनेट चलाउने बढ्दै

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १६:0९
नेपालमा मोबाइल डाटाबाट नै  इन्टरनेट चलाउने बढ्दै
  • ७० प्रतिशतले मोबाइलबाट डाटा चलाउने 
  • फिक्स्ड ब्रोडब्यान्डको हिस्सा करिब ३० प्रतिशत मात्र 
  • एनसेलको बजार हिस्सा ३८.२२ प्रतिशत रहेको

काठमाडौं ।।

नेपालको इन्टरनेट बजारमा मोबाइल ब्रोडब्यान्डको हिस्सा करिब ७० प्रतिशत र फिक्स्ड ब्रोडब्यान्डको हिस्सा करिब ३० प्रतिशत रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ३०.६३ प्रतिशत इन्टरनेट तारसहितको फिक्स्ड ब्रोडब्यान्डबाट चल्ने गरेको छ । वायरलेस फिक्स्ड ब्रोडब्यान्डको हिस्सा ०.१५ प्रतिशत छ । प्राधिकरणका अनुसार मोबाइल ब्रोडब्यान्ड अर्थात् मोबाइल डाटाबाट इन्टरनेट चलाउनको हिस्सा ६९.२२ प्रतिशत रहेको हो ।

मोबाइल ब्रोडब्यान्डअन्तर्गत दुई सेवा प्रदायकमा नेपाल टेलिकमको हिस्सा ६९.०२ प्रतिशत रहेको छ भने एनसेलको हिस्सा ३०.९८ प्रतिशत छ । जनसंख्याका आधारमा तारसहितको फिक्स्ड ब्रोडब्यान्ड ४२ प्रतिशत जनसंख्यामा पुगेको छ । ताररहित वायरलेस फिक्स्ड ब्रोडब्यान्ड ०.२० प्रतिशत र मोबाइल ब्रोडब्यान्डको पहुँच ९५.३० प्रतिशत जनसंख्यामा रहेको छ । भ्वाइस सर्भिसतर्फ ६१.७८ प्रतिशत बजार हिस्सा रहेको छ भने एनसेलको बजार हिस्सा ३८.२२ प्रतिशत रहेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।