May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विवाद हुँदा हुँदै नागरिकता ऐन पारित भयो : राष्ट्रियसभा अध्यक्ष

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:0१
विवाद हुँदा हुँदै नागरिकता ऐन पारित भयो : राष्ट्रियसभा अध्यक्ष
  • विवादकै बीच संसद्बबाट नागरिकता ऐन पारित
  • विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहस हुँदै 
  • भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने

काठमाडौं ।।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बबाट नागरिकता ऐन पारित भएको बताएका छन् । विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको उनले बताए । मंगलबार बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले छिमेकी देश भारतमा सो सम्बन्धी सात वर्षको प्रावधान रहेको उल्लेख गरे ।

“विवाह हुनेबित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ । विवादकै बीच नागरिकता ऐन पास भएको छ,” उनले भने, “छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ ।” देशको भूराजनीतिक स्थितिका कारण सबै अवस्था एकै र सहज हुन्छ भन्ने नभएको उनले स्पष्ट पारे । यी विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

“भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने गरेको छ । यसले राष्ट्रियतामा आशंकाहरू बढाउने गर्छन् । यो स्वाभाविक होला र यी विषयमा छलफल गर्नुपर्छ,” अध्यक्ष तिमिल्सिनाले भने, “देशको भूराजनीतिक अवस्थाको कारणले सबै अवस्था एकै र सहज हुन्छ भन्ने छैन । यी विषयमा छलफल गर्नुपर्छ ।”

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट