March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी

रास्वपाबाहेक अरू दल तयार भएनन् सर्वदलीय बैठकका लागि

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:५७
रास्वपाबाहेक अरू दल तयार भएनन् सर्वदलीय बैठकका लागि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक कुनै पनि दल तयार नभएपछि चितवन–२ मा सर्वदलीय बैठक स्थगित भएको छ । अब भोलि (सोमबार) मात्र सर्वदलीय बैठक बस्ने नेताहरूले बताएका छन् ।

बैठकमा बस्न अस्वीकार गरेका रास्वपाबाहेकका दलहरूले प्रमुख जिल्ला अधिकारीबाट विभेद भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले आफूहरू बैठकस्थलबाट निस्किसकेको बताए । उनले प्रमुख जिल्ला अधिकारी नै सहभागी नभएपछि बैठकमा बस्न नसकिएको बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक कुनै पनि दल तयार नभएपछि चितवन–२ मा सर्वदलीय बैठक स्थगित भएको छ । अब भोलि (सोमबार) मात्र सर्वदलीय बैठक बस्ने नेताहरूले बताएका छन् ।

बैठकमा बस्न अस्वीकार गरेका रास्वपाबाहेकका दलहरूले प्रमुख जिल्ला अधिकारीबाट विभेद भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले आफूहरू बैठकस्थलबाट निस्किसकेको बताए । उनले प्रमुख जिल्ला अधिकारी नै सहभागी नभएपछि बैठकमा बस्न नसकिएको बताए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक हामी अधिकांश दल एक ठाउँमा छौँ । प्रमुख जिल्ला अधिकारी नै बैठकमा सहभागी नहुने, शान्ति सुरक्षाका एसपी नै बैठकमा सहभागी नहुने अनि होहल्ला गरेको छ, यस्तो पनि हुन्छ,“ श्रेष्ठले भने ।

नागरिक उन्मुक्ति पार्टीका उमेदवार राजेश अधिकारीले पनि निर्वाचन आचारसंहिताको उल्लंघन भएपछि समस्या आएको बताए ।
रास्वपाका सभापति रवि लामिछानेले पनि सबैजना तयार नभएपछि बैठक बस्न नसकेको बताए ।

“उहाँहरू सबैजना बैठकका तयार हुनुभएन । उहाँरूले प्रमुख जिल्ला अधिकारी, एसपी माग गर्नुभयो । अब भोलि बस्छ । आज नहुने भयो,“ उनले भने ।

सर्वदलीय बैठकको तयारी भइरहेको रास्वपाका समर्थकले नाराबाजी गरेका थिए । उनीहरूले मतगणना स्थलबाहिर नाराबाजी गरेका थिए ।

पछि रवि आफैँ पुगेर नाराबाजी नगरिदिन आग्रह गरेपछि मात्र उनीहरू शान्त बनेका थिए । उनले समर्थकको नाराबाजीले आफू अप्ठेरोमा परेको बताएका थिए ।

“तपाईंहरू मलाई माया गर्नुहुन्छ, मेरो हित चाहानुहुन्छ भने नाराबाजी नगरिदिनुहोला । नाराबाजीले मलाई धेरै समस्या पारिसक्यो,“ रविले समर्थकसँग भने ।

पहिलेदेखि असन्तुष्ट रहेका दलहरू नाराबाजीपछि झन् आक्रोशित बनेका थिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट