sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:३४
पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडि पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडि राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने पोखरेलले बताए ।

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्दा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाईएको पोखरेलले बताए । यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि उनले बताए ।

यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।

यात्राको क्रममा जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको पोअरेलले बताए ।
उनले यात्राले पहाडि क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उनको भनाइ छ ।

पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएको पोखरेलले बताए ।

यात्राको क्रममा सुन्तला,स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाईभर्सनको काम भईरहेको उनले बताए । कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए ।

कोशी प्रदेशमा विरोधको स्वर सुनिएको बताउँदै उनले पहिचानको नाममा एमाले केन्द्रीत विरोध भएको भएपनि जनताको तहमा त्यो खालको विरोध नसुनिएको उनले बताए । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको बताए ।

उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको पोखरेलले बताए ।

‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि,’ पोखरेलले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो । जे भएको छ कोशीमा जायज छ ।’ पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid