sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदीप यादवले भने– पूर्वराजा ज्ञानेन्द्रको गतिविधि निगरानी होस्

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:५२
प्रदीप यादवले भने– पूर्वराजा ज्ञानेन्द्रको गतिविधि निगरानी होस्

काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेशमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका रहेको बताए । ‘अहिले आफूलाई राजावादी भन्नेहरू हौसिएका छन् । किन ? । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन ?,’ उनले प्रश्न गरे ।

यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्न सरकारसँग गरे । ‘अहिले मधेशमा एउटा कुनै शक्तिले षड्यन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ,’ उनले भने । मधेशको राजनीतिक शक्ति भनेकै हिन्दू र मुस्लिमबीचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताबीचको एकतालाई तोडने षड्यन्त्र भइरहेको बताए ।

उनले धार्मिक द्वन्द्व चर्काउने, हिंसाका लागि उक्साउने, सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिने महन्थ वा मौलवी जोसुकै भए पनि उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।

समाजमा द्वन्द्ध र हिंसा फैलाउन उक्साउने व्यक्ति वा समूहको फेसबुक र टिकटक आईडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए । ‘सोसल मिडियामा उत्तेजक सामग्री राख्ने , पुराना भिडियोलाई तोडडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने, अर्काको धर्म वा धर्मावलम्बीलाई अपमान गर्ने, गाली गलौज गर्ने, हिंसा फैलाउन झूटा, मनगढंत कुरा राख्नेहरूको तुरन्त पहिचान गरी दण्डित गर्नुपर्छ । उनिहरूको फेसबुक र टिकटक आईडी सरकारले तुरून्तै बन्द गर्नुपर्छ,’ उनले भने ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid