May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

जति रोग लुकाएपनि देखाइदिन्छ जिब्रोले

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १६:३0
जति रोग लुकाएपनि देखाइदिन्छ जिब्रोले

जिब्रोबाट पत्ता लाग्ने रोगहरू

  • जन्डिस
  • रक्तअल्पता
  • संक्रमण
  • टन्सिल
  • ग्यास्ट्रिक
  • चनक्रियामा पनि जिब्रोको भूमिका महत्वपूर्ण
  • जिब्रोलाई स्वस्थ राख्न द्यान दिनुपर्ने कुराहरु 
  • जिब्रोसँगै नङ र आँखा पनि हेरिन्छ

सुन्दा अचम्म पनि लाग्न सक्छ तर यथार्थ छुट्टै छ । चिकित्सकले लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छन् । हरेकपटक बिरामी हुँदा किन यस्तो गरेको होला भन्ने हामीलाई लाग्न सक्छ । खासमा जिब्रो हेरेर स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्न सकिन्छ । त्यसैले चिकित्सकले सुरुमै जिब्रो हेर्ने गर्छन् । जिब्रो पाँच ज्ञानेन्द्रियमध्ये एक हो ।

जिब्रोको काम शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्ट्याउने मात्र होइन, यसले स्वास्थ्य समस्याको बारेमा संकेत पनि दिन्छ । शरीरकको महत्वपूर्ण अंग जिब्रो बनावट पनि अन्य अंगभन्दा फरक छ । गिजा र दाँतमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने जिब्रोमा दुईवटा स्नायुले प्रवाह गर्छ । जिब्रोको अघिल्लो भागमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने पछिल्लोमा अर्को स्नायुले । त्यसैले जिब्रोलाई सम्पूर्ण शरीरको संकेतक पनि भनिन्छ ।

जिब्रो हेरेर अनुमान गर्न सकिने रोगहरू

जन्डिस

जिब्रो र जिब्रोमुनिको दुईवटा नसाको छेउछाउको भाग पहेंलो भएको छ भने जन्डिसको समस्या छ भन्ने कुरा थाहा हुन्छ ।

रक्तअल्पता

सामान्यतया हाम्रो जिब्रोको रङ गुलाबी हुन्छ तर रगतको कमीले यसको रङ परिवर्तन भएर पहेंलो हुन्छ  । जिब्रोको रङ गुलाबी छैन भने केही संक्रमण हुन सक्छ । मुखमा घाउ हुनु र मुख सुख्खा हुनु आइरनको कमीको लक्षण हुन सक्छ ।

संक्रमण

जिब्रोको रङ परिवर्तन भएको छ वा जिब्रोमा लेदो जमेको जस्तो देखिन्छ भने विभिन्न प्रकारको संक्रमणको लक्षण हुन्छ ।

टन्सिल

बिरामीलाई आँ गर्न लगाएर जिब्रोसँगै टन्सिल ग्रन्थी पनि हेरिन्छ । यदि टन्सिल ग्रन्थी वरपर रातो छ भने टन्सिल छ भन्ने पत्ता लगाउन सकिन्छ ।

ग्यास्ट्रिक    

जिब्रो सेतो छ । सेतो लेउ जस्तो जमेको छ भने ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

चनक्रियामा पनि जिब्रोको भूमिका महत्वपूर्ण

जिब्रोले स्वाद पहिचान गर्छ र खानालाई राम्ररी चपाउन सजिलो बनाउन र्‍यासँग खानालाई मिसाउँछ । र्‍याल मिसिएर खाना नरम हुन्छ र निल्न पनि सजिलो हुन्छ । खानानली हुँदै त्यो खाना पेटमा पुग्छ र पेटले पनि त्यो खानालाई राम्ररी पचाएर पाचन तन्त्रको कामलाई सजिलो बनाइदिन्छ ।एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स–साना टुसा (प्यापिलि)ले भरिएको हुन्छ ।

जिब्रोलाई स्वस्थ राख्न द्यान दिनुपर्ने कुराहरु 

दाँतलाई सफा गर्ने बेला हामी जिब्रोलाई भने सफा गर्न बिर्सने गर्छौं । दाँत सफा गरेपछि दाँतमा भएका कीटाणु त बाहिर निस्किन्छन् । तर जिब्रो सफा गरिएन भने फोहोर तह बनाएर जिब्रोमा बस्छ र त्यहाँ विभिन्न कीटाणुहरू बढ्न थाल्छन् । जिब्रोको यी कीटाणुको कारणले सास गन्हाउने समस्या समेत हुन्छ । त्यसैले जिब्रोलाई नियमित सफा गर्नुपर्छ ।

जिब्रो सफा गर्न बजारमा ‘टङ्ग क्लिनर’ पाइन्छ । कतिपय ब्रसको पछाडिपट्टिको भागमा पनि ‘टङ्ग क्लिनर’ हुन्छ त्यसले जिब्रो सफा गर्न सकिन्छ । जिब्रोसँगै सम्पूर्ण शारीरिक स्वास्थ्यको लागि भिटामिन, मिनरल्स भएका खानेकुरा बढी खानु उचित हुन्छ । जिब्रोलाई स्वस्थ र सफा राख्न हरेकपटक खाना खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।

जिब्रोसँगै नङ र आँखा पनि हेरिन्छ

चिकित्सकले बिरामीको जिब्रोसँगै आँखा र नङ पनि हेर्ने गर्छन् । आँखाको सेतो भाग पहेंलो छ भने जन्डिसको शंका गरिन्छ । बिरामीको नङ पातलो छ भने रक्तअल्पताको । नङ फुलेको छ भने शरीरमा प्रोटिनको कमी । यसरी बिरामीलाई हरेर चिकित्सकले विभिन्न रोगको अनुमान गर्ने गर्छन् ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।