April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

राष्ट्रपतिको अवस्था स्थिर, सीसीयूमा राखेर उपचार हुँदै

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० १0:४७
राष्ट्रपतिको अवस्था स्थिर, सीसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । मुटुमा पुन: समस्या आएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था स्थिर रहेकाे अस्पतालले जनाएकाे  छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पतालमा उपचाररत राष्ट्रपति  पौडेलको अवस्था स्थिर रहेको अस्पालले जनाएको हाे ।

अस्पतालले मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएका राष्ट्रपति पौडेललाई  बिहान ५ बजे नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।अहिले उनको सीसीयूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।