April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

जापानले प्युठानमा १ करोडको बेसार प्रशोधन केन्द्र निर्माण गरिदिने

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १३:0९
जापानले प्युठानमा १ करोडको बेसार प्रशोधन केन्द्र निर्माण गरिदिने
  • जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने 
  • एक करोड नेपाली रुपैयाँ बराबरको सहयोगमा काम थालियो 
  • जीजीपीअन्तर्गत सन् १९९१ यता २०० योजना सम्पन्न

काठमाडौं ।।

जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गरिएको छ । निर्माण गरिएको प्रशोधन केन्द्र प्युठान नगरपालिकालाई हस्तान्तरण गरिएको छ। मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त योजना हस्तान्तरण गरिएको हो । जापानको करिब एक करोड नेपाली रुपैयाँ बराबरको सहयोगमा भोल्युन्टियर नेपाल नेसन ग्रुप (भोल नेपाल)ले निर्माण गरेको हो ।

यसका लागि जापान सरकार अन्तर्गतको ग्रासरुट एन्ड ह्युमन सेक्युरेटी ग्रान्ट एसिसटेन्स प्रोजेक्ट (जीजीपी) अन्तर्गतबाट सहयोग प्राप्त भएको थियो । यो योजनाले प्युठान नगरपालिका–८ र आसपासका नागरिकलाई व्यवसायिक रूपमा बेसार उत्पादनका लागि सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

बेसार उत्पादनका लागि यो ठाउँ उपयुक्त रहेपनि मानिसहरूले आफैले खानका लागि परम्परागत पद्धतिबाट प्रशोधन गर्दै आएका थिए ।सन् २००५ मा स्थापित भोल नेपालले ग्रामीण विकासका लागि काम गर्दै आएको छ । कार्यक्रममा राजदूत किकुताले प्रशोधन केन्द्रले किसानहरूलाई जीवनयापन सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । जीजीपीअन्तर्गत सन् १९९१ यता २०० योजना सम्पन्न भइसकेको जापानी राजदूतावासले जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट