April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गाजामा आक्रमण जारी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० ११:४६
गाजामा आक्रमण जारी
  • युद्धविराम प्रस्ताव राखेपनि आक्रमण जारी 
  • इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु
  • गाजा अक्टोबर ७ देखि इजरायली घेराबन्दी र बमबारीमा

काठमाडौं ।।

संयुक्त राष्ट्रसंघबाट युद्धविराम प्रस्ताव पारित गरिएपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।प्यालेस्टाइनी चिकित्सा स्रोतहरूका अनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो । तीमध्ये १० शव बालबालिकाका छन् । मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजापट्टीमा इजरायली आक्रमणमा थप १५ जनाको मृत्यु भएको छ ।

दर्जनौँ घाइते भएका छन् । स्थानीय एक व्यक्तिले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताए । आफूहरूले बम विस्फोटको आवाज मात्र सुनेको र विनाशपछि मानिसको शव देखेको केही स्थानीले बताएका छन् । सो क्षेत्रमा १० घर ध्वस्त भएको बताइएको छ । गाजा अक्टोबर ७ देखि इजरायली घेराबन्दी र बमबारीमा छ । त्यहाँ अहिलेसम्म १८ हजार ६०० प्यालेस्टाइनीको मृत्यु भएको छ । ५० हजार ५९४ जना घाइते भएका छन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।