दमक । झापाको दमक नगरपालिका-९ स्थित बरगाछीबाट स्थानीय २९ वर्षीय अर्जुन पौँदारलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौँदारलाई मंगलवार साँझ १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पौँदारको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।