July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्राधिकरणलाई एनसेलले बुझायो विवरण

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:१५
प्राधिकरणलाई एनसेलले बुझायो विवरण
  • एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझायो 
  • खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादितमै 
  • ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा रहेको खुलाशा 

काठमाडौं ।।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । एनसेलको मुख्य कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।  खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादित बनेको छ ।

एनसेलले पठाएको विवरणमा के छ भन्ने कुरा अध्ययन गर्न बाँकी रहेको उनले बताए । “एनसेलले विवरण बुझाएको छ । अब, यसमा के छ भन्ने कुराको अध्ययन हुन्छ र त्यसपछि बाँकी कुरा थाहा हुन्छ,”  उनले भने । एनसेलको मूख्य कम्पनी आजियाटाले डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।

एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ ।  मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो । आजियाटा युके लिमिटेडले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनोल्ड होल्डिङ्स बिक्री गरेको हो ।  यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारको उच्चस्तरीय समितिले पनि छानबिन गरिरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्