May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

मिर्चैया बजारमा स्थानीयवासी र प्रहरीबीच झडप

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:२६
मिर्चैया बजारमा स्थानीयवासी र प्रहरीबीच झडप

सिरहा । सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । त्यसक्रममा प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ । आक्रोशित स्थानीयले नगरपालिका कार्यालय तोडफोड गरिदिएका छन् । उनीहरूले मेयर श्रवणकुमार यादव चढ्ने सवारी साधन पनि तोडफोड गरेका छन् । झडपका क्रममा १५–२० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले जानकारी दिएका छन् ।

नगरपालिकाभित्र रहेका रहेका मेयर यादवका मान्छेहरूले आफूहरूमाथि ढुंगामुढा गरेको पनि स्थानीय अगुवा साहले आरोप लगाए । यता, सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इबालिम्बुले पाँच सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन् । परापूर्वदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका छन् । यसअघि, बिहीबार बिहान सर्वपक्षीय बैठकमा सहभागीहरूले मेयर यादवले मिर्चैयामा आतंक मच्चाएको, बजार क्षेत्रलाई बर्बाद गर्न लागिपरेको भन्दै सशक्त रूपमा प्रतिकार गर्नुपर्ने बताएका थिए । मिर्चैया बजार गाउँब्लक क्षेत्रमा पर्छ ।

चार वर्षअघि विशेष नापी टोलीद्वारा गाउँब्लकका सम्पूर्ण जमिनको नाम जाँच गरिसकेर लालपुर्जा दिने प्रक्रियामा रहेका बेला माघ २७, फागुन ११  र फागुन १९ गतेका दिन नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् । उनीहरूले जग्गाको लालपूर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग गरेका छन् । सयौँ वर्षअघि मिर्चैया जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूको गुनासो छ । नगरपालिकाले बजार क्षेत्र रहेको २ सय ५६ नम्बर कित्तालाई सरकारी जग्गा भन्दै आएको छ ।

siraha-j11

गाउँब्लकभित्र सरकारी, सार्वजनिक र निजीलगायत जग्गा रहेको भए पनि मालपोत कार्यालयले यो जग्गालाई नेपाल सरकारको नाममा गरी दिएको उनीहरूको गुनासो छ । २०५१ सालमा तत्कालीन सरकारको निर्देशनमा मालपोत कार्यालयहरूले गाउँब्लकका जमिनहरूलाई तत्कालका लागि संरक्षण गर्ने उद्देश्यले सरकारको नाममा श्रेस्ता बनाइदिएको थियो । नेपालका धेरै स्थानमा गाउँब्लकका जग्गा सरकारको नाममा गरेको भेटिएपछि २०७५ सालमा संघीय सरकारले राजपत्रमा सूचना नै निकालेर यी जग्गाहरू सम्बन्धित जग्गाधनीको नाममा कामय गर्न भनेको थियो ।

यसका लाागि नापी टोलीले गाउँब्लकमा रहेका सरकारी, सार्वजनिक, निजीलगायत जग्गा नापजाँच गरी श्रेष्ता संशोधनको काम गर्दै आएको छ । मिर्चैयामा नापजाँच भएको चार वर्ष बित्यो । तर, मिर्चैयाका मेयर यादवले श्रेष्ता संशोधन प्रक्रिया पूरा गर्न नदिई लालपुर्जा विरतणमा रोक लगाइदिएको स्थानीयको आरोप छ । उनले २ सय ५६ नम्बर कित्ताभित्र रहेको तीन बिगहा १२ कठ्ठा १२ धुर जग्गा सरकारी नै रहेको अडान लिँदै आएका छन् । यही अडानका कारण मिर्चैयामा विवाद बढ्दै गएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट