May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

बालेनको अभियानलाई साथ दिंदै म्याग्दीमा पनि काम धमाधम

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:५३
बालेनको अभियानलाई साथ दिंदै म्याग्दीमा पनि काम धमाधम
  • बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु
  • अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउँदै 
  • पेटी, सिँढी भत्काउने र सडकलाई पराकिलो बनाउन काम सुरु 

बेनी ।।

म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो । पटक-पटकको अनुरोध र सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका र अव्यवस्थितरूपमा बनाइएका पेटी, सिँढी भत्काउने र सडकलाई पराकिलो बनाउन काम अघि बढेको बेनी नगरपालिका – ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

नगरपालिकाले  डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन थालेको छ । अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन जनप्रतिनिधिले समन्वय गर्ने गरी डोजर र नगर प्रहरीलाई परिचालन गरिएको उनले बताए ।  बेनी बजारलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत नगरपालिकाका प्रमुख सुरत केसीको शिक्षामार्ग र महारानीथानमा आफ्नै लगानीसमेत रहेको माउण्ट एभरेष्ट आवासीय माविले मिचेको सडक र घरको अव्यवस्थित पेटी भत्काएर अभियान सुरु गरिएको थियो ।

नगरपालिकाले वडाका जनप्रतिनिधिसहितको टोली खटाएर करिब पाँच महिना अगाडि घरमा मोटरसाइकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थितरूपमा बनाइएका सडकपेटी आफैँ हटाउन भनी सार्वजनिकरूपमा ‘रेडमार्क’ लगाए पनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडकपेटी हटाउन सुरु गरेको नगरप्रमुख केसीले जानकारी दिए ।

बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना, पाली बनाएपछि हिँडडुल गर्न अप्ठेरो भएको थियो । सडकपेटीका कारण पैदलयात्रीलाई निकै सास्ती भएको थियो । नगरपालिकाले बजारभित्र अस्थायी र सार्वजनिक संरचनामा व्यवसाय सञ्चालन गरिरहेकालाई समेत धमाधम हटाउन थालेको छ ।

नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थितरूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत व्यवस्थित गरिसकेको छ । बेनीको वीरेन्द्रचोक, कालीपुल बसपार्क, हस्पिटलचोक, हाँडेभिर क्षेत्र तथा बेनी बजारभित्र पनि धेरै ठाउँमा मापदण्डविपरीतका संरचना छन् । नगरपालिकाले यो आर्थिक वर्षभित्र सबै संरचना हटाउने अभियानअन्तर्गत वीरेन्द्रचोकमा रहेको १५  सटर पसल तथा ट्यांकी, बसपार्क, कालिपुल, पिपलचोकमा व्यापारिक प्रयोजनको संरचना हटाइसकेको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।