October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

तीज मनाएर घर फर्कंदा बाटैमा सबै गहना लुटयो

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:0३
तीज मनाएर घर फर्कंदा बाटैमा सबै गहना लुटयो
  • तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटीईन्
  • चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री,
  • तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भए
  • लुटेर भाग्दैगर्दा सुनसहित प्रहरीको समात्यो 

काभ्रे ।।

काभ्रेको पनौतीस्थित माइतीबाट तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटिएकी छन्। धुलिखेल नगरपालिका-१० बतासेडाँडास्थित चोकोट गैरीगाँउ जङ्गलमा ३७ वर्षीया अनिता थापालाई हतियरा देखाएर लुटपाट गरिएको हो। पनौतीस्थित माइतीबाट बतासेस्थित घर फर्किने क्रममा उक्त जङ्गलमा कालो मास्क लगाएका दुईजना अपरिचित व्यक्तिले उनलाई लुटपाट गरेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री, तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भएका थिए। ती लुटेर दुवैजनालाई प्रहरीले लुटपाट गरेको सुनसहित पक्राउ गरेको छ।  प्रहरी चौकी पनौतीको टोलीले मंगलबार दिउँसो साढे ३ बजे सुनसहित काभ्रेको तिमाल गाउँपालिका-२ घर भई हाल पनौती नगरपालिका-४ डेरा गरी बस्ने २७ वर्षीय आकाश दोङ र काभ्रेकै खानीखोला गाउँपालिका-१ घर भई हाल पनौती-६ मा बस्ने २७ वर्षीय श्रीराम लोप्चनलाई पक्राउ गरेको छ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट