May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

शेखर कोइरालाको वरीयतालाई लिएर विवाद

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:४४
शेखर कोइरालाको वरीयतालाई लिएर विवाद
  • शेखर कोइरालाको वरीयतालाई लिएर विवाद
  • प्रदेश कार्यसमितका आठ नेताको फरक मत
  • आसनको विषयप्रति घोर आपत्ति

काठमाडौं ।।

नेपाली कांग्रेसको मधेस प्रदेश कार्यसमितिमा नेता शेखर कोइरालाको वरीयतालाई लिएर विवाद भएको छ । पुस ५ र ६ गते जनकपुरमा हुन लागेको सम्मेलनमा नेता कोइरालालाई दोस्रो वरीयतामा आसन ग्रहण गराउनुपर्ने भन्दै प्रदेश कार्यसमितका आठ नेताले फरक मत राखेका हुन् । मधेस प्रदेशका वरिष्ठ नेता रामसरोज यादव लगायतले कोइरालालाई दोस्रो वरीयतामा राख्नुपर्ने माग गरेका छन् ।

“नेपाली कांग्रेसको केन्द्रीय सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने नेताहरूलाई वरिष्ठतम् नेताको रूपमा दोस्रो वरीयतामा राखी सम्मान गर्ने ऐतिहासिक परम्परा विगत लामो समयदेखि रही आएको छ । त्यति मात्र होइन भर्खरै सम्पन्न नेपाली कांग्रेसको लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा समेत डा. शेखर कोइरालाज्यूलाई वरिष्ठ नेताको रूपमा केन्द्रीय सभापति शेरबहादुर देउवाज्यूपछि आसन ग्रहण गराएको उदाहरण सर्वविदित नै छ,” सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको फरक मतमा भनिएको छ ।

तर, ती मान्यतालाई गुटगत मानसिकताबाट हेरिएको भन्दै कार्यसमिति बैठकमा फरक मत आएको हो ।  “यी सबै पार्टीका परम्परा र मूल्य मान्यताहरूलाई हठात् बेवास्ता गर्दै केवल गुटगत मानसिकताबाट मात्र अभिप्रेरित भएर सम्पूर्ण मधेस प्रदेशमा पार्टीकै सांगठनिक संरचनामा समेत “विग्रह ल्याउने गरी मनोमानी पूर्ण तवरवाट आसन ग्रहण गराउन लागिएको विषयप्रति हामी घोर आपत्ति जनाउँदै यस कार्यसमिति बैठकमा फरक मत राख्दछौँ,” उल्लेख छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट