sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:५८
दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रले खेलेको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिए ।

उनले गरिबी न्यूनीकरण, भोक उन्मूलन, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो औंल्याएका थिए ।

उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए ।

ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले योगदान पुर्‍याइरहेको बताए ।

कार्यक्रममा बोल्दै ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक–निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिए।

उनले व्यवसायीक मैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid